काठमाडाैं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी पार्टी संसदीय दलको नेता सहमतिमा चयन हुने दावी गर्नुभएको छ ।
सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । संसदीय दलको नेताको आकांक्षी नेता केसीले आफूले संघीय संसदमा ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भुमिका निर्वाह गर्नुपरेकाले पार्टी संसदीय दलको नेता चयनको काममा ढिलाई हुन गएको समेत स्पष्ट पार्नुभयो ।
सभामुखको जिम्मेवारीमा बसेका व्यक्तिले पार्टीको गतिविधिमा भाग लिन नपाउने भएकाले पनि काँग्रेस पदाधिकारी बैठकले दलको नेता चयनका लागि आवश्यक निर्णय ढिलाई गर्नुपर्ने अवस्था आएको उहाँको भनाई थियो । नेता केसीले दलको नेतामा केही नेताहरुको दावी रहेको उल्लेख गर्दै आपसमा छलफल गरेर सहमतीमा चयन हुने जिकिर पनि गर्नुभयो । उहाँले २-३ दिन भित्र काँग्रेस संसदीय दलको नेता चयन हुने समेत बताउनु भयो ।
नेता केसीले भन्नुभयो,‘यो हप्ता भित्रै हामी हामी दलको नेता टुंगो लगाउँछाैँ । अब प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको नाताले ससदमा सभामुखको दायित्व निर्वाह गर्नुपर्ने भएकाले जबसम्म सभामुखको दायित्व निर्वाह गरियो, तवसम्म पार्टीको कुनै कार्यक्रम र पार्टीगत रुपबाट सहभागी हुन नहुने भएको हुनाले हाम्रा पदाधिकारी साथीहरुले स्थगित गर्नुभएको हो । भोली नै हाम्रो संसदीय दलको मिटिङ बस्दैछौ । २,३ दिन भित्रै हामी यसलाई टुंग्याउँछौँ । यो अत्यन्तै ठूलो जटिल विषय होइन । दलको नेतामा दावी हुनु स्वभाविक कुरा हो । सबैको दावीलाई आपसमा बसेर एकीकृत गरेर हामी जे निर्णय गर्छौ, त्यो सहमतिमा गर्छौ । अहिले को ब्याक हुने, को अगाडि बढ्ने भन्दा पनि सहमतिमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’
नेता केसीले सभामुख गरिमामय पदभएकाले संसदको विशेषाधिकारको संरक्षण हुनेगरी भुमिका निर्वाह गर्नुपर्ने अनुभूति आफूले गरेको पनि प्रतिक्रिया दिनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि