गण्डकी । राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लेख्नुभएको मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण गरिएको छ । नेपाल पत्रकार महासंघ बाग्लुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला, २०८२’ को उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
‘धर्मेन्द्र विह्वल’ उपनामले साहित्यमा परिचित लेखक झाले हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र मुस्ताङस्थित मुक्तिनाथदेखि भारतको समुद्र किनारास्थित जगन्नाथसम्मको यात्रालाई पुस्तकमा समेट्नुभएको छ ।
लेखकका अनुसार ‘जगन्मुक्ति’ मुक्तिनाथसम्बन्धी मैथिली भाषामा प्रकाशित पहिलो पुस्तक हो । उहाँले मैथिली भाषी पाठकलाई मुक्तिनाथबारे बुझ्न यो कृति उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय मुक्तिनाथ दर्शन गर्न जाने मैथिली भाषी श्रद्धालुको संख्या बढ्दै गएको उल्लेख गर्दै झाले भन्नुभयो, ‘प्रत्येक मिथिलावासीको घरमा शालग्रामको पूजा हुन्छ । मुक्तिनाथ शालग्रामको मुख्य केन्द्र हो ।’ १०२ पृष्ठमा समेटिएको उक्त पुस्तकमा यात्राका क्रममा देखिएका विविध विषयवस्तुका साथै महत्वपूर्ण तस्वीरहरू पनि समावेश गरिएका छन् ।
लेखक झाका यसअघि ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात्’, ‘शहरक भिडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरू’ (अनुवाद) र ‘गोनु झाका कथाहरू’ लगायतका कृति प्रकाशित छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि