भक्तपुर । महेन्द्र नेउपानेको दोस्रो लघुकथाकृति ‘चुनावी सेरोफेरो’ सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा डा.पुष्करराज भट्ट, डा.हरिप्रसाद भण्डारीलगायतले संयुक्तरूपमा कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डा.भट्टले समकालीन लघुकथाको प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो । कृतिमाथि समीक्षा गर्दै डा.भण्डारीले ‘चुनावी सेरोफेरो’ शीर्षक सार्थक रहेको उल्लेख गर्दै २०८२ सालको निर्वाचन परिवेशलाई लघुकथामार्फत सान्दर्भिक र रोचक ढंगले प्रस्तुत गरिएको बताउनुभयो ।
लघुकथाकार लता केसीले कृतिकार नेउपानेको लेखनशैलीको प्रशंसा गर्दै छोटो समयमै दुई कृति प्रकाशन हुनु उपलब्धिमूलक भएको धारणा राख्नुभयो । कृतिकार नेउपानेले चुनाव घोषणादेखि मतदानसम्मका घटनालाई समेटेर ५९ लघुकथामार्फत कृतिलाई दस्ताबेजका रूपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । साहित्यकार ध्रुव मधिकर्मीले कृतिमा समेटिएका विषयहरू वर्तमानसँग मात्र नभई भविष्यसँग पनि सम्बन्धित रहेको टिप्पणी गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि