जनकपुरधाम । विभागीय टोली आर्मी र एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् । वीरगञ्जमा भएको खेलमा अर्जुन साउदको एक सय २१ रनको शतकीय सहयोगमा आर्मीले कर्णाली प्रदेशलाई एक सय ३८ रनले हरायो ।
यस्तै जनकपुरमा भएको अर्को खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले हरायो ।
वीरगञ्जमा जितका लागि २६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा सबै विकेटको क्षतिमा १३० रनमा समेटिएको थियो । जितसँगै शीर्षस्थानमा रहेको आर्मीले ६ खेलबाट ११ अंक बनाएको छ । पराजित कर्णालीको सात खेलबाट तीन अंक छ ।
यस्तै, जनकपुरमा जितका लागि एपिएफले दिएको २६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६.३ ओभरमा सबै विकेटको क्षतिमा २१४ रनमा समेटिएको थियो ।
जितसँगै एपिएफले सात खेलबाट सात नै अंक बनाएको छ । पराजित सुदूरपश्चिम समान खेलबाट १० अंक जोड्लै दोस्रो स्थानमा छ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर