काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौंदेखिका बहस’ नामक पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तक सोमबार अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयमा विमोचन गर्नुभएको छ । पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टतासाथ प्रकाशन गरेका उहाँका आठवटा गहन लेखहरू समावेश गरिएका छन् ।
अर्थमन्त्री वाग्लेले पुस्तकले सुधारका लागि विगतमा गरेको पैरवी स्मरण गराएको उल्लेख गर्दै आमसरोकारवालालाई आफ्नो दृष्टिकोण बुझ्न सहयोग पुग्ने बताउनुभयो । अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘विगतमा उठाइएका आर्थिक सुधारका एजेण्डा पुस्तकमा छन् । पहिले विषयविज्ञका रूपमा सुधारका लागि उठाइएका धेरै कुरा सुनिएन । अन्ततः राजनीतिमा आएर अहिले तीनै एजेण्डा कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा छु, यिनै दस्तावेजका आधारमा सुधारका कामहरू गर्ने हो ।’ पुस्तकमा २०७१ देखि २०८२ सम्मको एक दशक लामो कालखण्डमा नेपालको आर्थिक स्वरूपलाई विभिन्न आयामबाट सूक्ष्म ढंगले केलाइएको छ । दक्षिण एसियाली देशहरूबीचको व्यापार लागत, संघीयताको आर्थिक सबलीकरण, मिलिभगतको पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्य र अन्तर्राष्ट्रिय सहायताको फेरिँदो स्वरूप जस्ता गम्भीर विषयहरू पुस्तकमा समेटिएका छन् ।
नेपालको उत्पादकत्व वृद्धि शून्य रहेको तीतो यथार्थ उजागर गर्दै अब सानातिना सुधारले मात्र नहुने र ‘बिग ब्याङ रिफर्म’ अर्थात् बृहत् संरचनात्मक सुधार आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ । सय अर्ब डलरमाथिको अर्थतन्त्र पुर्याउने लक्ष्यसाथ डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई अर्थतन्त्रको मुख्य शक्तिका रूपमा प्रस्तुत गरिएको छ । सेजन अध्यक्ष भागत भट्टराईले पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य वर्तमान अर्थमन्त्रीको सोच र नेपालको अर्थतन्त्र हेर्ने डा. वाग्लेको दृष्टिकोण आमनागरिक र सरोकारवालासम्म पुर्याउनु भएको बताउनुभएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर