काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्या समाधान गर्न अत्याधुनिक ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले नयाँ प्याकेज ल्याइएको कम्पनीले जनाएको छ । पुरानो प्रविधिको तुलनामा चार गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले नयाँ प्रविधिले लेटेन्सीलाई न्यूनतम स्तरमा झार्ने र घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस नहुने कम्पनीको दाबी छ ।
भायानेटले ग्राहकका लागि दुई सय ५० एमबिपिएसदेखि छ सय एमबिपिएससम्मका उच्च गतिको ‘वाइफाइ ६’ प्याकेज उपलब्ध गराएको छ । जसमध्ये दुई सय ५० एमबिपिएसको वार्षिक योजना १३ हजार आठ सय (भ्याटसहित) मा प्राप्त गर्न सकिनेछ भने थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्न सकिनेछ । घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन कम्पनीले तीन हजार पाँच सय (भ्याटसहित) मा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि अघि सारेको छ । साधारण राउटरले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुर्याउन नसक्ने समस्या मेस प्रविधिले समाधान गर्ने बताइएको छ । पुराना ग्राहकको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रिया किफायती बनाएको छ । विद्यमान प्रयोगकर्ताले पाँच सय रुपैयाँमै पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयुमा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम