काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।
करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा हामीले गोली चलाउनुप-यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०/३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।” पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि