काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्नुहुने भएको छ । उहाँले प्रेह खान रीच स्वाय रिएङ एफसीसँग सम्झौता गर्नुभएको हो । प्रीति यसअघि जोर्डनको लिगमा इतिहाद क्लबबाट खेलिरहनुभएको थियो । एक सिजन बिताउनुभएकी उहाँले एक गोलसमेत गर्नुभएको थियो ।
इतिहादमा रहँदा प्रीतिले महिला प्रो-लिग र जोर्डन महिला कप दुवै उपाधि जित्नुभएको थियो । प्रेह प्रीतिको तेस्रो विदेशी क्लब हो । प्रीतिले इतिहादबाहेक भारतको किक स्टार्ट्स क्लबबाट पनि इण्डियन वुमेन्स लिग खेल्नुभएको थियो । प्रेह सन् २०२० मा सुरु भएको क्याम्बोडियन महिला लिगको पहिलो संस्करणको संयुक्त विजेता हो । प्रीति क्याम्बोडिया पुगिसक्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि