काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आफ्नो निलम्बन सात दिनभित्र फुकुवा गर्न औपचारिक आग्रह गरेको छ । राखेपलाई पत्र पठाउँदै एन्फाले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी)बाट प्राप्त निर्देशनबारे जानकारी गराएको हो । राखेपले गत चैत ११ गते तहगत निर्वाचन नगरेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो, जसका कारण चैत १३ गतेका लागि तय भएको साधारणसभा र निर्वाचन रोकिएको थियो ।
फिफा र एएफसीले राखेपको यो निर्णयलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै पूर्ण रूपमा अस्वीकार्य ठहर गरेका छन् । फिफाले पठाएको संयुक्त पत्रमा रोकिएको निर्वाचन प्रक्रिया जहाँबाट रोकिएको थियो, त्यहीँबाट सुरु गरी सात दिनभित्र सम्पन्न गर्न कडा निर्देशन दिएको छ । यदि यो निर्देशन पालना नगरिएमा नेपाललाई फिफा काउन्सिलमार्फत् अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट निलम्बन गरिने र फिफा तथा एएफसीबाट प्राप्त हुने आर्थिक सहयोगसमेत रोकिने चेतावनी दिइएको छ ।
एन्फाले राखेपको निर्देशनअनुसार विधान संशोधन गर्न आफू प्रतिबद्ध रहेको तर त्यसका लागि अन्तर्राष्ट्रिय निकायको समन्वय र अनुमति आवश्यक पर्ने स्पष्ट पारेको छ । हालको विवादका कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा सिरिजजस्तो महत्त्वपूर्ण अवसर गुमाउनुपरेको दुखद् अवस्थालाई पनि पत्रमा उल्लेख गरिएको छ । निलम्बन भएको १३ दिन बितिसक्दा पनि राखेपले यसबारे हालसम्म कुनै ठोस प्रतिक्रिया दिएको छैन ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि