काठमाडौं । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरस्थित जर्मन होम्स् होटलले विशेष ‘न्यू इयर इभ सेलिब्रेसन’ आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक विश्व नेपाली र उहाँको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ ।
होटलका अनुसार कार्यक्रमको सञ्चालन रेडियो जकी महिना भट्टराईले गर्नुहुनेछ । त्यस्तै, नृत्यतर्फ डान्स च्याम्पियन नेपाल सिजन-१ की विजेता रोसिका राउत तथा नेपहोलिक क्रु (डान्स प्लस सिजन ३) का विरेन श्रेष्ठको विशेष प्रस्तुति रहनेछ ।
कार्यक्रममा लोकप्रिय डिजेहरूको प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम तथा आकर्षक काउन्टडाउन सेलिब्रेसनसमेत समावेश गरिने जनाइएको छ, जसले वातावरणलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
यसै अवसरमा होटलले नयाँ कोठा (रुम)समेत लन्च गर्ने जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा आधुनिक आतिथ्य गन्तव्यका रूपमा आफूलाई स्थापित गर्दै आएको जर्मन होम्स्ले सेवा विस्तारमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
कार्यक्रममा सहभागी पाहुनाका लागि असीमित गाला डिनर, विभिन्न परिकारसहितको फुड एण्ड बेभरेज सेवा तथा परिवार, कर्पोरेट समूह र पर्यटकलाई लक्षित विशेष आतिथ्य व्यवस्था गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि