काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘पार्वती’को शुभमुहूर्त गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सा गाउँमा मंगलबार शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
चलचित्रमा मुख्य भूमिका स्वयं निर्देशक ढुंगानाकै रहनेछ । उहाँका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ । कार्यकारी निर्माता शंकर पाण्डेका अनुसार हाल सबै कलाकार छायांकन स्थलमै व्यस्त छन् ।
चलचित्रको कथा तथा पटकथा निर्देशक ढुंगानाकै रहेको छ भने स्क्रिप्ट लेखन शिवम् अधिकारीले गर्नुभएको हो । छायांकन (डीओपी) सुदीप बरालले सम्हाल्नुभएको छ भने क्रियटिभ निर्देशकका रूपमा सरोज अधिकारी रहनुहुने छ । सरोज यसअघि ‘कार्टुन क्रु’सँग आबद्ध नृत्य निर्देशकका रूपमा परिचित हुनुहुन्छ र यो उहाँको पहिलो फिल्मी क्रियटिभ निर्देशन हो ।
चलचित्रमा कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे र निर्माता हरिहर अधिकारी रहनुभएको छ । सम्पादन साहिल खानले गर्नुहुनेछ भने पोष्टर डिजाइन रोयल भीमसेनको रहने जनाइएको छ ।
निर्माण टिमले चलचित्र आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ । सोही मितिलाई केन्द्रमा राख्दै तीव्र गतिमा छायांकन अघि बढाइएको निर्देशक ढुंगानाले बताउनुभएको छ । उहाँका अनुसार चलचित्रको छायांकन तालिका करिब एक महिनाको हुनेछ । यसअघि नीता फिल्मस् ब्यानरमा ‘ह्रस्वदीर्घ’ निर्माण भइसकेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि