काठमाडौं । एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली-कर्णाली’ विषयक अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको थियो । पहिलो चरणमा मोहन निरौला, जनकदीप पराजुली, लक्ष्मण सुनार र देवेन्द्र बजगाईं सहभागी हुनुभएको थियो भने सहजीकरण पत्रकार लक्ष्मी बलायरले गर्नुभएको थियो । यस चरणमा चलचित्रकर्मीहरूले कर्णाली क्षेत्रमा चलचित्र छायांकनका लागि आवश्यक लगानी, स्थानीय भाषा, भेषभूषालगायत विषयमा विस्तृत छलफल गरेका थिए ।
दोस्रो चरणको प्यानल डिस्कसन सञ्चारकर्मी डिबी खड्काले सहजीकरण गर्नुभएको थियो । उक्त चरणमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसी, जुम्लाका सांसद ज्ञानेन्द्र शाही, बझांगका सांसाद ऐन महर, दैलेख सांसाद वासना थापा र अभिनेता दीपकराज गिरी सहभागी हुनुहुन्थ्यो । छलफलका क्रममा चलचित्रसम्बन्धी नीतिगत विषय, प्रस्तावित विधेयक, काली-कर्णाली क्षेत्रको प्राकृतिक सुन्दरता, भाषागत तथा सांस्कृतिक विविधता र छायांकनका सम्भावनाबारे विचार विमर्श गरिएको थियो ।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले नेपाली चलचित्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्भावना, सहभागिता तथा त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुबारे धारणा राखेका थिए । सो अवसरमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र नृत्य संघका अध्यक्ष जनकबहादुर कार्की, निर्देशक देव नेपाल, राजबहादुर साने, सुशील पोखरेल तथा कर्णाली चलचित्र महोत्सवका अध्यक्ष चक्रबहादुर चन्दलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य वीरेन्द्र भट्ट, सन्तोषबाबु लोहोनी, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, वरिष्ठ कलाकार उत्तम केसी, उपेन्द्र तिमल्सिना, गीता अधिकारी, गोपाल ढकाल ‘छन्दे’, गीता नेपाल, धर्मेन्द्र आचार्य, राज टाइगर, इन्द्रबहादुर दोङ ‘खम्बे’, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, भीम बिसी, गायिका इब्सल सञ्ज्याललगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका कलाकार, सर्जक र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व निर्देशक माधवराज खरेलले गर्नुभएको थियो । कार्यक्रमका संयोजक एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा कलाकार सनम कठायत रहनुभएको थियो भने सञ्चालन सेसेमी लिम्बुले गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि