काठमाडौं । ‘ग्लोबल स्टार अवार्ड’को दोस्रो संस्करण आगामी वैशाख ३१ मा आयोजना हुने भएको छ । कार्यक्रम सुकेधारास्थित होटल मर्क्युरमा हुने आयोजकले जनाएको छ । अवार्डको आयोजना दक्ष इन्टरनेशनलले गर्दै आएको छ । संस्थाका प्रमुख तथा आयोजक समितिका अध्यक्ष, वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेको नेतृत्वमा कार्यक्रम सम्पन्न हुनेछ । गतवर्ष जस्तै यसवर्ष पनि पेजेन्ट नेपाल एसोसिएट पार्टनरका रूपमा रहने जनाइएको छ ।
अवार्ड समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका विभिन्न विधाका व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ । आ-आफ्नो क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका तथा उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई जुरी टोलीको मूल्यांकनका आधारमा छनोट गरिने आयोजकले जनाएको छ ।
अध्यक्ष पाण्डेका अनुसार अवार्डको मुख्य उद्देश्य विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्तित्वहरूको सम्मान गर्दै उनीहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनु हो ।
गतवर्ष पहिलो संस्करण नेपाल पुलिस क्लबमा सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त समारोहमा देश तथा विदेशका विभिन्न क्षेत्रमा ख्याति कमाएका विज्ञ तथा व्यावसायिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । यस वर्षको दोस्रो संस्करणलाई अझ व्यवस्थित, आकर्षक र प्रभावशाली बनाउने तयारी भइरहेको आयोजकको दाबी छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि