काठमाडौं । रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यस चलचित्रमार्फत एक्सन-लभ स्टोरी प्रस्तुत गर्नुभएको छ ।
ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने जनाइएको छ । चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय छ ।
एक्सन विधामा निर्माण गरिएको यस चलचित्रमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका छ । चलचित्रको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ, जहाँ दक्षिण भारतीय कलाकारहरूको समेत सहभागिता रहेको बताइएको छ ।
चलचित्रको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गर्नुभएको हो भने द्वन्द्व निर्देशन सञ्जय थापाले गर्नुभएको छ । निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न हुनुहुन्छ । निर्देशक श्रेष्ठका अनुसार चलचित्रको पहिलो गीत यही शुक्रबार सार्वजनिक गरिनेछ र त्यससँगै औपचारिक रूपमा प्रचारप्रसार अभियान सुरु गरिनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि