काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन र पब्जी मोबाइलको सहकार्यमा पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पिएमएनसी)नेपाल स्प्रिङ २०२६ आयोजना हुने भएको छ । पछिल्लो समय नेपालमा विस्तार भइरहेको इ-स्पोर्ट्स क्षेत्र थप मजबुत बनाउने उद्देश्यसाथ प्रतियोगिता आयोजना हुने भएको हो ।
प्रतियोगिता आगामी शुक्रबारदेखि भक्तपुरस्थित इन्फिनिटी लाउन्जमा सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार रेडबुल र इन्फिनिक्स सह-प्रायोजक रहेको सो प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् । पहिलो चरणमा देशभरबाट करिब १६ सय टोली सहभागी भएका थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १६ टोली अहिले फाइनलमा पुगेका हुन् । सोही १६ टिमबीचको अन्तिम प्रतिस्पर्धा हुने भएको हो ।
प्रतियोगितामा शुक्रबार छ र शनिबार छ गरी कुल १२ खेल हुनेछन् । सबै खेलबाट जम्मा हुने अंकका आधारमा विजेता टिम तय गरिनेछ । विजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई टोलीले दक्षिण एसियालीस्तरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गर्नेछन् । जहाँ भुटान, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासहितका दक्षिण एसियाली मुलुकका पब्जी टोलीको सहभागिता रहनेछ ।
पब्जीमा ‘ल्यान कम्पिटिसन’अन्तर्गत यति ठूलो प्रतियोगिता नेपालकै पहिलो भएको आयोजकले जनाएको छ । पब्जी मोबाइलसँगको विगत तीन वर्षदेखिको सहकार्यको निरन्तरता स्वरूप वर्ल्डलिंकले प्रतियोगिता आयोजना गर्न लागेको हो । वर्ल्डलिंक र पब्जी मोबाइलबीच सन् २०२३ देखि सहकार्य हुँदै आएको छ । उल्लेखित खेलहरू आयोजनास्थलमै उपस्थित भएर अथवा अनलाइन लाइभ स्ट्रिमिङमार्फत् सहजै हेर्न सकिने आयोजकले जनाएको छ ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भन्नुभयो, ‘नेपालमा इ-स्पोर्ट्सको सम्भावना निकै ठूलो छ । हामीले यस प्रतियोगितामार्फत् देशभरका प्रतिभाशाली खेलाडीलाई एकीकृत मञ्च दिन खोजेका छौं । यसले प्रतिस्पर्धात्मक गेमिङ इकोसिस्टम अझ मजबुत बनाउनेछ र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने अवसर सिर्जना गर्नेछ ।’







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर