काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा आर्सनलले कठिन जित निकालेको छ । पोर्चुगलको क्लब स्पोर्टिङविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा काई हाभर्ट्जको अन्तिम समयमा गरेको निर्णायक गोलले आर्सनललाई १–० को जित दिलायो ।
खेलको सुरुआतदेखि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो। स्पोर्टिङले घरेलु मैदानमा राम्रो दबाब सिर्जना गरे पनि आर्सनलको रक्षापंक्ति र गोलरक्षक डेभिड रायाको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। रायाले खेलभरि महत्वपूर्ण बचाउ गर्दै टोलीलाई खेलमा टिकाइ राख्नुभएकाे थियाे ।
पहिलो हाफमा दुबै टोलीले अवसर बनाए पनि गोल हुन सकेन। दोस्रो हाफमा पनि खेल बराबरीतर्फ जाँदै गर्दा आर्सनलले अन्तिम समयमा अवसर सदुपयोग गर्यो । प्रतिस्थापन खेलाडी गाब्रियल मार्टिनेलीको पासमा काई हाभर्ट्जले इन्जुरी टाइममा गोल गर्दै खेलको परिणाम आफ्नो पक्षमा पार्नुभयाे ।
यो जित आर्सनलका लागि निकै महत्वपूर्ण मानिएको छ, किनकि टोली हालैका खेलहरूमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको अवस्थामा थियो । हाभर्ट्जको निर्णायक गोलले टोलीलाई आत्मविश्वास दिलाउनुका साथै दोस्रो लेगअघि महत्वपूर्ण अग्रता पनि दिलाएको छ।
अब दोस्रो लेग आर्सनलको घरेलु मैदानमा हुनेछ, जहाँ यो नतिजाले उनीहरूलाई सेमिफाइनल नजिक पुर्याएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि