कामठाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत राजस्थान रोयल्सले शानदार प्रदर्शन गर्दै मुम्बई इन्डियन्समाथि प्रभावशाली जित हात पारेको छ । गुवाहाटीमा भएको १३औँ खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
वर्षाका कारण खेल प्रभावित भएपछि प्रतिस्पर्धा ११–११ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले आक्रामक खेल प्रदर्शन गर्दै ११ ओभरमा ३ विकेट गुमाएर १५० रनको बलियो योगफल बनायो। यशस्वी जायसवालले उत्कृष्ट ब्याटिङ गर्दै ७७ रनको योगदान दिनुभयो ।
१५१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स भने दबाबमा देखियो । नियमित अन्तरालमा विकेट गुमाउँदै मुम्बई ९ विकेटको क्षतिमा १२३ रनमै समेटियो र खेल राजस्थानको पक्षमा गयो ।
यस जितसँगै राजस्थानले लगातार तेस्रो विजय दर्ता गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ। टोलीको उत्कृष्ट फर्मका कारण अंक तालिकामा शीर्ष स्थान मजबुत बनाएको छ भने मुम्बईले भने लगातार दोस्रो हार बेहोरेको छ।
राजस्थानको यो प्रदर्शनले यस सिजनमा टोलीलाई उपाधि दाबेदारको रूपमा अझ बलियो बनाएको संकेत गरेको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि