काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविराममा सहमति भएको घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य करिब २० डलरले घट्दै प्रति ब्यारेल ९४.८५ डलरमा झरेको छ। कारोबारका क्रममा मूल्य ९१.०५ डलरसम्म पुगेको थियो, जुन हालकै सबैभन्दा न्यून स्तरमध्ये एक हो ।
राष्ट्रपति ट्रम्पले इरानले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज तत्काल सुरक्षित रूपमा खोल्ने सर्तमा युद्धविराम स्वीकार गरेको बताउनुभएकाे छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही जलमार्गबाट हुने भएकाले यसको खुलाइले बजारमा सकारात्मक संकेत दिएको हो।
यसअघि ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै जलमार्ग नखोलेमा ठूलो आक्रमण गर्ने बताएका थिए। तर अन्तिम समयमा आएर दुवै पक्ष वार्तातर्फ उन्मुख भएका छन्।
उता इरानका विदेशमन्त्री अब्बास अरागाचीले पनि आक्रमण रोकिएमा इरानले प्रतिआक्रमण नगर्ने स्पष्ट पार्नुभएकाे छ । उहाँले दुई हप्ताका लागि स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवतजावत सुनिश्चित गरिने बताउनुभएकाे छ ।
इरान-अमेरिका तनावका कारण मार्च महिनामा मात्रै तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको थियो । यस्तो अवस्थामा आएको युद्धविरामको खबरले लगानीकर्तामा केही राहत ल्याएको देखिन्छ ।
यद्यपि, यो सहमति प्रारम्भिक चरणमै रहेकाले दीर्घकालीन शान्ति स्थापना र पूर्ण कार्यान्वयनका लागि अझै कूटनीतिक तथा प्राविधिक चुनौतीहरू बाँकी रहेको विश्लेषकहरूले बताउनुभएकाे छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि