भोजपुर । भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा समेत लिएको छ ।
भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर १३ रेवामा भएको कुटपिटको घटनामा २४ बर्षका सम्मर बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उहाँका अनुसार षडानन्द नगरपालिका वडा नम्वर १३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा शंकराज तामाङको घरमा सम्मरबहादुर बस्दै आएका थिए ।
षडानन्द नगरपालिका १४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मंगलवार राती घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि फरार रहेका चारै जनालाई खोजतलास गर्नेक्रममा बुधवार बिहान साढे चार बजे घरबाटै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रनाउ लामाले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक नवराज खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी प्रमुख लामा सहितको मुद्धाको टोली खट्टी गएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि