काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा रु २०५ ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २५ कायम भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो ।
गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८७० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि