सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-६ मा रहेको चमेली बचत तथा ऋण सहकारी संस्था लि.ले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सुचना केन्द्र दुबैको सदस्यता प्राप्त गरेको छ । संस्थाले २०८२ माघ ७ मा सहकारी नियमन प्राधिकरणको ईजाजतपत्र प्राप्त गरे लगतै २०८२ माघ २० गते कर्जा सुचना केन्द्रको सदस्यता लिएको छ ।
संस्थाले कर्जा सुचना केन्द्रको सदस्यता लिए संगै अब सहकारी संस्थाका ऋणी सदस्यहरुलाई कर्जा सुचना केन्द्रमा अध्याबधिक गर्ने र कर्जा सुचना लिएर मात्र ऋण लगानी गर्न सकिनेछ भने संस्थाको ऋण नतिर्ने सदस्य र जमानी बस्ने सदस्यहरुलाई कालो सुचीमा राखी कर्जा असुली न्याधिकरणमा मुद्धा दर्ता गर्ने बाटो खुलेको छ ।
संस्थाले आर्थिक मन्दीका कारण समयमा ऋण नर्तिने सदस्यहरुलाई जरीवाना छुट सुबिधासहित सहजीकरण गर्दै आएको छ भने सदस्यहरुको बचत सुरक्षण गर्न ऋण दुरुपयोग गर्ने र ऋण नर्तिने भाखा नघाएको सदस्यहरुलाई कर्जा असुली न्याधिकरणमा सहकारी ऐनको २०७४ को दफा १४ अनुसार कर्जा असुलीको लागि मुद्दा दर्ता गर्ने प्रकृया अघि बढाईने भएको छ ।
चमेली बचत तथा ऋण सहकारी संस्था लि. समुदायमा अधारित सहकारी संस्था हो जस्ले शेयर सदस्यहरु संग बचत तथा ऋणको कार्य गर्ने गर्दछ र सदस्यहरुको माग बमोजिम स्रोत ब्यबस्थापन हुन नसकेमा साझेदानर संस्थाहरु संग बाह्य ऋण लिएर समेत सदस्यहरुलाई ऋण प्रदान गर्दै आएको छ भने संस्थाले प्राप्त गरेका मुनाफा सदस्यहरुलाई वितरण हुने गर्दछ ।
संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा, आय तथा शिप मुलक तालिम, महिला शशक्तिकरण, सृजनशिल महिला उद्यमशिल महिला, युवा उद्यमशिलता कार्यक्रम, पढ्दै कमाउदै अभियान, एक घर एक उद्यमी कार्यक्रम गर्दै राष्ट्रिय र प्रदेश स्तरिय सम्मान प्राप्त गरिसकेको छ भने विश्वमा सबैभन्दा धेरै युवाहरुको समुह तिन शुन्य कल्व (शुन्य गरीबी, शुन्य बेरोजगारी र शुन्य कार्वन उर्त्सजन) निर्माण र परिचालनका कारण बंगलादेशको नोवेल शान्ति पुरस्कारवाट सम्मानित मो.प्रो. युनुश सेन्टरवाट अन्तराष्ट्रिय सम्मान समेत प्राप्त गरिसकेको छ । विगतमा संस्थाले बेटी बचाउ बेटी पढाउ अभियान, शौचालयमा पानी कार्यक्रम जस्ता प्रशंसनिय कार्यहरु गर्दै आएको छ भने युवा र महिलाको शशक्तिकरण अभियानमा ठुलो योगदान गर्दै आएको छ । अहिले सदस्यहरुको सन्तानलाई उच्चशिक्षा हासिल गर्न छात्रबृत्ति कार्यक्रम समेत ल्याएर ३५ करोडको छात्राबृत्ति भारतमा र बंगलादेशमा १० जनाको कोटा माग गरी प्रोत्साहन गरिरहेको छ ।
बचतको सुरक्षणको लागी कर्जा सूचनाकेन्द्रको सदस्यता लिएपछि सहकारीहरुले पनि कर्जा माग गर्ने सदस्यहरुको आर्थिक क्रियाकलापको अध्ययन एवं विश्लेषण गर्न सहज हुनुका साथै सहकारीबाट ऋण लिएर नतिर्ने र लामो समयदेखि भाखा नघाएर बस्ने ऋणी सदस्यलाई कालो सूचीमा राख्ने समेतका प्रकृया अगाडी बढाउन सकिने भएको संस्थाका कार्यका भरत साहको भनाइ छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि