काठमाडौं । सुबिसु लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको चौथो ‘एपाक आइपीभी सिक्स काउन्सिल मिट’ आयोजना गर्ने भएको छ । सम्मेलन २०२६ अप्रिल ९ र १० (चैत २७ र २८, २०८२) मा काठमाडौंस्थित होटल र्याडिसनमा आयोजना हुनेछ ।
नेपालमा सूचना प्रविधि क्षेत्रमा २५ वर्षदेखि सक्रिय सुबिसुले आयोजना गर्न लागेको यो सम्मेलनले नेपाललाई एसिया-प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधारसम्बन्धी बहसको केन्द्रमा स्थापित गर्ने अपेक्षा गरिएको छ । साथै, सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई अघि बढाउन समेत यसले सहयोग पुर्याउने विश्वास गरिएको छ ।
सम्मेलनमा फाइभजी, स्मार्ट सहर, औद्योगिक स्वचालनलगायत आधुनिक प्रविधिका लागि आवश्यक इन्टरनेट प्रोटोकल संस्करण ६ (IPv6) को प्रयोग, यसको सम्भावना तथा साइबर सुरक्षाका चुनौतीहरूबारे छलफल हुनेछ ।
यस वर्षको सम्मेलन विशेषगरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा IPv6 को व्यावहारिक प्रयोगमा केन्द्रित रहने आयोजकले जनाएको छ । क्लाउड-आधारित तथा सुरक्षित नेटवर्क प्रणालीतर्फ विश्व अघि बढिरहेका बेला IPv6 को प्रयोग रणनीतिक आवश्यकताका रूपमा स्थापित हुँदै गएको बताइएको छ।
दुई दिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय कीनोट स्पीकर, प्राविधिक विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ । सहभागीहरूलाई ज्ञान आदान-प्रदान, विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया तथा क्षमता अभिवृद्धिको अवसर उपलब्ध हुने जनाइएको छ ।
पहिलो दिन ‘IPv6 मार्फत ICT इकोसिस्टम विकास’ विषयमा छलफल हुनेछ भने दोस्रो दिन ‘IPv6 र DNSSEC कार्यान्वयनमार्फत इन्टरप्राइज नेटवर्क सशक्तीकरण’ विषयमा केन्द्रित रहनेछ ।
आयोजकका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउदकाअनुसार, “यो सम्मेलनले संस्थाहरूलाई भविष्यका लागि सक्षम र सुरक्षित नेटवर्क पूर्वाधार निर्माण गर्न मार्गदर्शन गर्नेछ । साथै, नेपालमा नयाँ नेटवर्क नीतिहरू विकास गर्न पनि सहयोग पुग्नेछ।”







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि