भोजपुर । भोजपुरको दक्षिण आमचोक गाउँपालिकामा सञ्चालन गरिएको नागरिकता बितरण घुम्ती शिविरमा चार सय बढी नागरिकता बितरण गरिएको छ ।
दुर्गम क्षेत्रबाट प्रशासनीक सेवा लिनका लागि सदरमुकाम आउनु पर्ने बाध्यताको अन्त्य गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले पालिकासँगको समन्वयमा नागरिकता तथा राष्ट्रिय परिचयपत्र सम्वन्धी घुम्ती सेवा सञ्चालन गरेको हो । आमचोक गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा चार सय ३१ जनालाई नागरिकता बितरण गरिएको हो भने दुई सय जनाको राष्ट्रिय परिचयपत्रको बिवरण संकलन गरिएको छ ।
जिल्लाको दुर्गम क्षेत्रमा प्रदान गरिने प्रशासनिक सेवा प्रभावकारी देखिएको शिविरमा आफै खटिनु भएका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । उहाँले प्रशासनले आमचोक अघि तीन दिन हतुवागढी गाउँपालिकामा पनि नागरिकता बितरण र परिचयपत्रको सेवा दिएको बताउनुभयो ।
सेवा दिनका लागि आमचोकमा राती साढे नौ बजेसम्म शिविर सञ्चालन भएको थियो । आमचोक गाउँपालिका वडा नम्वर ३ का पूर्ण अशक्त देवबहादुर थापाको घरमै गएर प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकता प्रदान गर्नु भएको थियो ।
भौगोलिक दृष्टिले जिल्ला सदरमुकामबाट टाढा रहेको, जिल्ला सदरमुकामसम्म आवागमनको लागि भरपर्दो यातायात सुविधाको समेत व्यवस्था नरहेकोले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै दुवै पालिकामा घुम्ती सेवा दिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
जिल्ला प्रशासनले आमचोक गाउँपालिकाको केन्द्र बालंखामा सञ्चालन गरेको घुम्ती शिविरमा १० ओटा वडाका नागरिकले प्रत्यक्ष सेवा पाएका थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि