काठमाडाैं । प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र साहले समानुपातिक सांसदहरुलाई भेट नदिएकोमा आपत्ति जनाउनुभएको छ ।
प्रधानमन्त्री साहले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सांसदहरुसँगको भेटलाई तिब्रता दिइरहेका बेला उहाँले समानुपातिक सांसदहरुलाई भने किन सो अवसरबाट वञ्चित गराएको ? भनि प्रश्न समेत गर्नुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हमालले विकास, निर्माणको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने अवसर नदिएर प्रधानमन्त्री शाहले सांसदहरुबीचमा नै विभेद गरेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो,‘प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरुमाथि किन विभेद ? सम्माननीय प्रधानमन्त्रीज्युबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित माननीय सदस्यज्यूहरुलाई भेट दिई विकास, निर्माणको विषयमा कुरा राख्ने अवसर दिनु भएको भन्ने कुरा सुन्नमा आएको छ । तर समानुपातिकि निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यज्युहरु उक्त अवसरबाट किन वञ्चित ?’
सांसद हमालले सरकारले विकास निर्माणको सवाल हुने छलफलको विषयलाई समेत रोजाईको विषय बनाउने काम गर्न नहुने बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि