काठमाडौँ । राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले निष्पक्षता र तटस्थता कायम गर्दै जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित आफूले सम्हाल्दै आएको दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभएको छ।
उपाध्यक्ष भण्डारीले आज विज्ञप्ति जारी गरी उक्त निर्णय सार्वजनिक गर्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित उहाँ सो पार्टीको केन्द्रीय सदस्य रहनुभएको थियो।
उहाँ यही चैत २३ गते राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि