काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
परराष्ट्र मन्त्रालयका अधिकारीसमेतको उपस्थितिमा भएको उक्त भेटमा विश्व बैंकको सहयोगमा कार्यान्वयन हुने ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट’बारे छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। भेटमा सूचना प्रविधि क्षेत्रमा पहुँच विस्तार, ‘डेटा’ व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारका विषयमा समेत विचारविमर्श भएको थियो।
मन्त्री तिमिल्सिनाले नेपालको सामाजिक–आर्थिक विकासमा विश्व बैंकले निरन्तर पुर्याउँदै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै उक्त परियोजनालाई तीव्र गतिमा कार्यान्वयन गरिने बताउनुभयो।
ADVERTISEMENT
नयाँ सरकार गठनपछि पूर्वाधार विकास र सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको उल्लेख गर्दै उहाँले विगतभन्दा फरक ढङ्गले काम गर्दै आयोजना कार्यान्वयनका समस्या समाधानमा सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो। साथै, विश्व बैंकसँगको सहकार्यमा सञ्चालन भइरहेका आयोजनाको प्रगति छिट्टै देखिने विश्वास व्यक्त गर्नुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि