काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यातायात व्यवस्था विभाग, नयाँबानेश्वरले नयाँ भाडादर लागू गर्ने तयारी गरेको हो। भाडा वृद्धि भएको पुष्टि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गर्नुभएको छ।
उहाँका अनुसार सार्वजनिक यातायातको भाडा न्यूनतम १६.७१ प्रतिशतले बढाइएको छ। मालवाहक सवारी साधनको भाडा पनि सोही दरमा वृद्धि गरिएको छ। पहाडी क्षेत्रका मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रमा १५.७५ प्रतिशतले वृद्धि गरिएको बताइएको छ।
यातायात व्यवस्था विभागले नयाँ भाडादरको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा इरान–अमेरिका तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले भाडा समायोजनका लागि सरकारलाई दबाब दिँदै आएका थिए।
सरकारको यो निर्णयसँगै उपभोक्ता बजारमा महँगी बढ्ने तथा सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुको खर्चसमेत बढ्ने अपेक्षा गरिएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि