काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही चैत २७ गते हुने भएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोकेको जानकारी दिनुभएको हो।
यसअघि चैत २२ गते सम्पन्न सभामुख निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको थियो। प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७ अनुसार सभामुख चयन भएसँगै उपसभामुख निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
नियमावलीअनुसार उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ, जसअनुसार अर्यालले उक्त मिति निर्धारण गर्नुभएको हो।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल तथा फरक लिङ्गका हुनुपर्ने प्रावधान छ। यद्यपि, प्रतिनिधिसभामा एउटै दलको मात्र प्रतिनिधित्व भएको वा एकल उम्मेदवारी परेको अवस्थामा दुवै पद एउटै दलबाट पनि हुन सक्ने व्यवस्था रहेको छ।
हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीसहित ६ दलको प्रतिनिधित्व छ। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद रहेका छन्।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि