काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सो क्रममा आयोगको टोलीले दाहाललाई कार्यकक्षबाटै रु. १,२०,८५० सहित नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानका क्रममा दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने प्रक्रियामा गैरकानुनी लाभ लिने उद्देश्यले योजनाबद्ध रूपमा विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाई गरी घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। सेवाग्राहीसँग उनले रु. ९३,८५० घुस लिएको स्थापित भएको पनि आयोगले उल्लेख गरेको छ।
ADVERTISEMENT
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर हुने भन्दै आयोगले बिगो रु. ९३,८५० कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि