काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट तथा संवाद गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित उक्त भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्। उनीहरूले नेपाली जनताको हितमा परिणाममुखी कार्यमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा जोड दिँदै छिमेकी, मित्र राष्ट्र तथा विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले शान्तिलाई साझा प्राथमिकता बनाइनुपर्ने उल्लेख गर्दै विदेशमा रहेका नेपाली श्रमिक तथा समुदायको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। साथै, सुशासन, आर्थिक विकास र नागरिकको जीवनस्तर सुधारमा सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि