ब्रसिलिया । ब्राजिलियन स्टार फुटबलर नेयमारले पुनः बायाँ घुँडाको शल्यक्रिया गराउनुभएको छ । उहाँ हाल सान्तोष एफसीसँग आबद्ध रहनुभएको छ र क्लबका प्रशिक्षक कुकाका अनुसार यो निर्णय उहाँले आगामी विश्वकप खेल्ने आफ्नो लक्ष्यलाई ध्यानमा राख्दै लिनुभएको हो ।
प्रशिक्षक कुकाले जानकारी दिँदै भन्नुभयो, ‘नेयमारले फिफा अन्तर्राष्ट्रिय ब्रेकका बेला घुँडाको शल्यक्रिया गराएका थिए । त्यसपछि केही दिन उनी उपचार र पुनःस्थापन (रिह्याब) प्रक्रियामा रहेका थिए । यो पूर्णरूपमा चिकित्सकीय विषय हो र क्लबले उनको स्वास्थ्यलाई प्राथमिकता दिएको छ ।’
नेयमारको घुँडामा समस्या नयाँ भने होइन । यसअघि पनि उहाँले गत डिसेम्बर महिनामा सोही बायाँ घुँडामा शल्यक्रिया गराउनुभएको थियो । लगातारको चोट र उपचारका कारण उहाँ लामो समय मैदानबाहिर रहनुपरेको छ, जसले उहाँको क्लब र अन्तर्राष्ट्रिय करिअरमा असर पारेको देखिन्छ ।
विशेषगरी फिफा वर्ल्ड कपलाई लक्षित गर्दै नेयमारले आफ्नो फिटनेस पुनःस्थापना गर्न प्रयासरत रहेको बताइएको छ । ब्राजिलका लागि प्रमुख खेलाडी मानिने उहाँ पूर्ण रूपमा फिट भएर फर्किएमा टोलीलाई ठूलो बल पुग्ने अपेक्षा गरिएको छ ।
हाल नेयमार चिकित्सकीय निगरानीमा पुनःस्थापन प्रक्रियामा रहनुभएको छ । चिकित्सक र क्लब दुवैले उहाँको अवस्थाबारे नियमित मूल्यांकन गरिरहेका छन् । उहाँका समर्थकहरू भने उहाँको शीघ्र स्वास्थ्य लाभ र मैदानमा सशक्त पुनरागमनको प्रतीक्षामा रहेका छन् । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि