काठमाडौं । हिरासत मुक्त भएपछि केपी शर्मा ओलीले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएको आरोप लगाउनु भएकाे छ ।
ओलीले १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको बताउनु भएकाे हाे ।
रिहाइपछि फेसबुकमा सार्वजनिक गरिएको प्रतिक्रियामा उहाँले आफ्नो पक्षमा आवाज उठाउने सर्वसाधारण, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल, नेता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभएकाे छ । साथै सर्वोच्च अदालतप्रति पनि उच्च सम्मान प्रकट गर्नुभएकाे छ ।
प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गरेको भन्दै प्रहरी प्रशासनप्रति धन्यवाद दिँदै उहाँले उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालप्रति पनि कृतज्ञता व्यक्त गर्नुभएकाे छ।
उहाँले आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने बताउनुभएकाे छ । राज्यले बेवास्ता गरे पार्टीले उपचार खर्च बेहोर्ने प्रतिबद्धता समेत उहाँले जनाउनु भएकाे छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि