काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी को केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर–४ की सुष्मा तामाङ र धादिङको थाक्रे–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझीलाई पक्राउ गरिएको हो।
उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तहरूले प्रलोभनमा पारेर नाबालिगलाई वेश्यावृत्तिमा संलग्न गराएको तथा केहीलाई हङकङमा आकर्षक तलबमा बेयराको काम लगाइदिने बहानामा कम्बोडिया पुर्याएको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि