गुल्मी । राष्ट्रिय आर्थिक गणना २०८२ को तयारीका लागि गुल्मीमा स्थलगत तथ्याङ्क संकलनमा खटिनु हुने गणक तथा सुपरिवेक्षकलाई तालिम सुरु गरिएको छ । 'अर्थतन्त्र मापनका लागि आर्थिक गणना' भन्ने मुल नारासहित राष्ट्रिय आर्थिक गणना २०८२ आगामी २०८३ वैशाख २ गतेदखि असार ७ गतेसम्म हुन लागेको हो ।
आर्थिक गणनाका लागि गुल्मी जिल्लाबाट छनोट हुनुभएका गणक तथा सुपरिवेक्षकलाई तालिम सुरु गरिएको हो । राष्ट्रिय आर्थिक गणनाको तयारीअन्तर्गत गणक तथा सुपरिवेक्षकहरुलाई तम्घास्थित रेसुङ्गा बहुमुखी क्याम्पसमा तालिम प्रदान गरिएको जिल्ला आर्थिक गणना अधिकारी गीता भण्डारीले जानकारी दिनुभयो ।
आर्थिक गतिविधिहरुको वास्तविक अवस्था, स्वरुप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्नका लागि आर्थिक गणना सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । गणनाबाट प्राप्त तथ्याङ्कले समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्नुका साथै योजना निर्माणमा सहयोग पुग्ने भण्डारीले बताउनुभयो । आर्थिक गणनाका लागि यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकामा ३४ जना गणक र पाँच जना सुपरिवेक्षक खटिनुहुनेछ ।
पाँच दिनसम्म चल्ने सो तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले महत्त्वपूर्ण राष्ट्रिय कार्यक्रममा खटिन पाउनु ठूलो अवसर भएको बताउनुभयो । राज्यले विश्वास गरेर दिएको जिम्मेवारी इमानदारिता र कुशलतापूर्वक निर्वाह गर्न सहभागीलाई आग्रह गर्नुभयो । मुलुकको अर्थतन्त्रको अवस्था एकीन गर्न, औपचारिक र अनौपचारिक क्षेत्रको अवस्थाको चित्रण गर्न, आर्थिक नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि आर्थिक गणनाको ठूलो महत्व रहेको बताउनुभयो ।
आर्थिक गणनामा प्रमुख व्यक्ति गणक भएको हुँदा गणकले तथ्यांकको विश्वसनीयता बढाउनका लागि सहि, शुद्ध र त्रुटिरहित तथ्यांक संकलन गर्न जरुरी रहको धारणा राख्नुभयो । तथ्याङ्क संकलन गर्दा सूचनादातासँग राम्रो व्यवहार गर्नुका साथै गणनाको विषयमा रहेको द्विविधा हटाएर तथ्याङ्क संकलन गर्न अनुकुल वातावरण सृजना गर्नुपर्ने भन्दै उहाँले केही समस्या भए स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासन एवम् निजी क्षेत्रका संस्थासँग समन्वय गर्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गैह्रेले तथ्यांक संकलनलाई समयमै सम्पन्न गर्न दैनिक कार्ययोजना बनाएर काम गर्न जरुरी रहेको बताउनुभयो । आर्थिक गणनाका क्रममा आर्थिक गतिविधिमा संलग्न व्यक्ति, संघसंस्था, उद्योग व्यवसाय, औद्योगिक क्षेत्र, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायतका क्षेत्रबाट घरदैलोमै पुगेर तथ्याङ्क सङ्कलन गरिने छ ।
गणना सम्पन्न भएपछि आधारभूत आर्थिक तथ्याङ्कको अभिलेखीकरण, उद्योग व्यवसायमैत्री नीति निर्माण, अर्थतन्त्रको सुदृढीकरण तथा नयाँ लगानीकर्ताको विवरण संकलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो पटक आर्थिक गणना गर्न लागेको हो ।
पहिलो आर्थिक गणना २०७५ मा गरिएको थियो । सम्पूर्ण उद्योग र व्यवसायको विवरण प्राप्त गर्न आधुनिक प्रयोग स्वरुप आर्थिक तथ्याङ्क लिनका लागि राष्ट्रिय आर्थिक गणना २०८२ गर्न लागिएको हो । यसमा नेपालस्तरीय औद्योगिक वर्गीकरणका २१ वटा खण्डमध्ये १८ वटा खण्डका आर्थिक क्रियाकलापलाई समेटिने छ । जसमध्ये खण्ड ए अन्तर्गत कृषि, वन तथा मत्स्यपालनअन्तर्गत दर्ता भएका मात्र प्रतिष्ठानलाई समेटिने भएको छ ।







टेनिस युगका अन्तिम सम्राट जोकोभिचको
मेसीको सम्मानमा एक मिनेट खेल
युरोपेली फुटबल : पिएसजी र
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
विपत्तिमा बालबालिकाको शिक्षा र सुरक्षालाई
एसियाड तयारीका लागि पौडेल र