काठमाडौं । साहित्यकार तथा संगीतकार महेश्वर पन्तको नयाँ लोकगीत ‘सुनको धारो चाँदीको पँधेरो’ सार्वजनिक गरिएको छ । पन्तकै शब्द तथा संगीत रहेको उक्त गीतमा खेम सेञ्चुरी र समीक्षा अधिकारीले स्वर दिनुभएको छ । शिव विकको निर्देशन रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र प्रभातपल ठकुरी मुख्य मोडलका रूपमा देखिनुभएको छ । कलाकार रमेश दाहाल र स्वयं स्रष्टा महेश्वर पन्त अतिथि भूमिकामा प्रस्तुत हुनुभएको छ ।
गीत तथा भिडियो कालीभक्त- यसअघि पनि ‘आमा सानिमा, फूलको थुँगा खस्यो पानीमा’ लगायतका गीत सार्वजनिक गरिसकेको छ ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै धर्मराज स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले प्रस्तुत गीतले नेपाली लोकसंगीत क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले गीतलाई उत्कृष्ट लोकसंगीतको उदाहरणका रूपमा व्याख्या गर्दै लोप हुँदै गएको गाउँघरका रोधीघर संस्कृतिलाई पुनर्जीवित गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा कलाकार रमेश दाहालले गीतमा श्रोतालाई नाच्न बाध्य बनाउने आकर्षक लोकभाका भएको उल्लेख गर्नुभयो । अनेसास सिक्किम च्याप्टरकी सदस्य विष्णुमाया कट्टेलले पन्तको सिर्जनालाई नेपाली लोकगीत-संगीतको क्षेत्रमा नमुना कृतिका रूपमा रहने धारणा राख्नुभयो ।
राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गीतकार पन्तले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै लोकसाहित्य र संगीतलाई विश्वस्तरमा पुर्याउने लक्ष्यसहित एक दशकअघि नै ‘कालीभक्त पन्त नेपाली लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा अनेसास, नेपाल च्याप्टरका सदस्य साहित्यकार डिआर राई, इन्दिरा ढकाल, हरिबोल ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि