काठमाडौं । चलचित्र ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्रको टिजरमा गाउँले परिवेशमा आधारित प्रेमकथा समेटिएको छ ।
टिजरमा प्रेम, विश्वास र शंकाका विभिन्न पक्षलाई प्रस्तुत गरिएको छ । टिजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रा समेटिएको छ ।
प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले लेख्नुभएको छ । पटकथा तथा संवाद संयोग गुरागाईंको रहेको छ ।
आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा विजय र वर्षासँगै मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौलालगायतको अभिनय छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि