‘सावधान !’ परशुराम परासरको लघुकथा सङ्ग्रह हो । यो सानो स्ट्यान्डर्ड आकारको अथवा पकेट साइजको पुस्तक हो । अभिनव साहित्य समाज प्रकाशक रहेको यो पुस्तक २०८१ भदौमा प्रकाशित भएको छ । यस पुस्तकको यो पहिलो संस्करणका हो जुन ५०० प्रतिशत छापिएको छ । यसको सर्वाधिकार लेखकमा सुरक्षित छ भने मुद्रण स्वीकृति अफसेट प्रिन्टिङ प्रेस गोकर्णेश्वर जोरपाटीमा भएको छ । सेतो कागज प्रयोग भएको यस पुस्तकको छपाइ स्तरीय छ भने अशुद्धि कमै पाइन्छन् । यसमा भूमिकाखण्डमा आठ र पाठ्यक्रममा ८८ गरी जम्मा ९६ पृष्ठ छन् भने पुस्तकको मूल्य २०० रुपैयाँ छ ।
परासरका कथाहरू वास्तविक रूपमा लघुकथाका स्वरूपमा छन् । उहाँका कथा विविध विषयमा लेखिएका छन् । शिक्षा, महिला मुक्ति, जागरण, सचेतता, धारणा, व्यङ्ग्य, सामाजिकता, राजनीतिप्रतिको छेडछाड, साहित्य क्षेत्रका विसङ्गतिको चित्रण आदि विभिन्न क्षेत्रलाई देखाउने प्रयास उहाँका कथाहरूमा पाइन्छ ।
सरु श्रेष्ठको कम्प्युटर सेटिङ रहेको पुस्तकको आवरण आकर्षक छ । आवरणमा माथि पुस्तकको शीर्षक छ भने तल कथाकारको नाम छ । यहाँ एउटा माउसुलीले पुतली खानलागेको चित्र प्रस्तुत गरिएको छ । पृष्ठावरणमा कथाकारको फोटोसहित सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको भनाइ राखिएको छ । भूमिकाखण्डमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को ‘शुभकामनाका केही शब्द’ छन् । त्यसपछि प्रकाशकीय लघुकथाकार परासरको ‘आफ्नै गन्थन’ रहनुका साथै कथासूची अर्थात् विषयसूची राखिएको छ । पुस्तकमा परासरका जम्मा ५२ वटा कथा छन् ।
उहाँका कथाहरू हेर्दा लघुकथाको आयाम अथवा मापदण्डभित्र रहेर लेखिएका छोटाछोटा कथा छन् । उहाँले एक शब्दमै बढीजसो कथाका शीर्षक राख्नुभएको छ । उहाँका ५२ वटा कथामध्ये ३८ वटा कथाका शीर्षक एक शब्दमा छन् । बाँकी १४ वटा कथामात्र दुई शब्दको शीर्षकमा छन् । कथाको आकारका आधारमा हेर्ने हो भने उहाँका ५२ कथामध्ये १६ कथाको फैलावट एक पृष्ठको ३५ वटा कथाको फैलावट दुई पृष्ठको र एउटा कथाको फैलावट तीन पृष्ठमा रहेको पाइन्छ । यस आधारमा भन्दा उहाँका कथा वास्तविक रूपमा लघुकथाका स्वरूपमा छन् ।
परासरको साहित्यिक लगनशीलता हेर्ने हो भने लोभलाग्दो छ । साहित्यिक संघसंस्थाहरूमा गएर रचनावाचन उद्घोषणका कामहरूमा उहाँको संलग्नता देखिन्छ । उहाँका कथा विविध विषयमा लेखिएका छन् । शिक्षा, महिला मुक्ति, जागरण, सचेतता, धारणा, व्यङ्ग्य, सामाजिकता, राजनीतिप्रतिको छेडछाड, साहित्य क्षेत्रका विसङ्गतिको चित्रण आदि विभिन्न क्षेत्रलाई देखाउने प्रयास उहाँका कथाहरूमा पाइन्छ । उहाँलाई यस कृतिका लागि बधाई छ तथा अन्य कृतिहरूका लागि पनि शुभकामना ।
दृष्टान्तका रूपमा उहाँको एउटा ‘धारणा’ शीर्षकको लघुकथा यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ : ‘बजियाले त्यति राम्री केटीको गालामा चड्कन लगाउने बित्तिकै बत्ती गयो । हेर त महिलालाई अन्याय गर्यो भने यस्तै हुन्छ । बुझ है तिमीहरूले पनि । यस्तो पाप पनि गर्नुहुन्छ ।’ टिभीमा पुरानो हिन्दी सिनेमा हेरिरहेका बेला एक्कासि बत्ती गएपछि आमाले बात्ती कात्न छोडेर नै भन्नुभयो ।
‘आमा ! यो त नाटकमात्र हो । तिनीहरूले त्यस्तो खेलेका पो हुन् त । कहाँ साँच्चै हानेको हो र । कहिले बनेको सिनेमामा पिटेको देखाउँदा यहाँ बत्ती जान्छ त ? यो खाली संयोगमात्र हो क्या ।’ मैले प्रतिवाद गर्न खोजेँ ।
‘तँ नबोल् । यत्रो बेलासम्म नगएको बत्ती केटीका गालामा चड्याम्म हान्नसाथ जानु संयोग हो त ? दैवले पनि माथिबाट हेरिरहेका हुन्छन् । त्यसैले महिलालाई अन्याय गर्नु हुँदैन ।’ आमाले कुरा टुङ्ग्याउनुभयो । म चुप लागेँ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…