विश्वका जुनसुकै देशमा, भागमा, क्षेत्रमा पनि निरङ्कुशताभित्र नै जुनसुकै कुराको पनि बढी समृद्धि भएको हुन्छ । त्यसमा पनि साहित्यको चाहिँ उर्वरस्थल भनेको नै निरङ्कुशता हो । स्रष्टाहरू पनि त्यसैबेला विषयविशेषमा बढी अध्ययनशील बनेको देखिन्छ, पाइन्छ । बढी लेखनप्रति कर्तव्यनिष्ठ र प्रतिबद्ध भएको हामी पाउन सक्छौँ । चाहे ग्रीकका तीन शीर्ष व्यक्तित्व- सुकरात, प्लेटो र अरस्तुका कुरा गरौँ, चाहे सार्त्र, कामु र क्रिकेगार्डका कुरा गरौँ । चाहे चेखब, सिग्मन्ड फ्रायड र गोर्कीका कुरा गरौँ । चाहे शेली, किट्स्, बाइरन र दाँतेजस्ता महान् व्यक्तित्वका कुरा किन नगरौँ । चाहे पूर्वीय जगत्मा अवस्थित संस्कृत भाषाका महारथी-वाणभट्ट, कालीदास, तुलसी दास, भामह, भारविकै कुरा किन नगरौँ ।
यी सबैको उदय अँध्यारा रातमा उज्यालो खोज्ने क्रमभित्र भएको हो । त्यहाँ वा त्यस समयमा न कुनै वाकिटकी, पेजर, किबोर्ड, फेसबुक, साइवर संसार थिए न कुनै रोबोर्ट आगमनका सम्भावना । मात्र लियोनार्दो दा भिन्चीले झुक्किएरै भए पनि तीन सय चौरासी वर्षपछि नै किन नहोस् पेट्रोलियम पदार्थको आविष्कारसँगै यिनका सम्भावित सङ्केतसम्म गरेका थिए तर सबैलाई लाग्थ्यो मात्र कल्पनाका खेती । न कुनै गुगलीय संसार थिए न त एआईका जमाना जङ्गली जमात समातेर विनाश्रम बेअर्थका धुनमा कानका जाली चुमिन्थे । यिनै कृत्रिम संसारको हल्का हतासालाई पनि संसारको सार ठानेर गर्वको अनुभूत गर्ने बेला थिएनन् त्यता । त्यस बेला वा त्यस संसारमा अलिकति समाज सम्मुख आफू प्रस्तुत हुन इच्छुक सबैले जे गर्नुपर्थ्यो आफैँले गर्नु पर्दा कठोर श्रमको उपजमात्र आफ्नो अस्तित्वको स्तम्भ बनेर उभिन्थ्यो गुणात्मक स्तम्भ ।
सच्चा साहित्यकारको उदयस्थल एकदमै साँघुरो, पेचिलो र हलेसीको महादेव गुफाजस्तो छ भने नेताहरूको उद्रगमस्थल रारा फेवाको मक्खनजस्तो वा भिरको खरखरुकीजस्तो जहाँ मौसम आयो कि भुरुरुरु । अक्वा पानी गिलासमा हाल्दै गरेको पनि रातारात नेता जो सायद उसलाई नै थाहा नहुन सक्छ । बोल्न नजानेर पर्दाभित्र मुख लुकाउनेहरू सिंहदरबार जलाउने सङ्केतमा खरानी हुन नपाउँदै प्रधानमन्त्री ।
ती समयमा अस्मिता आर्जनको अन्तर आभास हुने आफैंले नङ्ग्रा खियाएर कर्मका बारीमा अनाज उत्पादन गर्नु पर्थ्यो । सेवाका भावमा समर्पित भएर मात्र नेतृत्वका पगरी गलामा गर्लम्म भिरिन्थे । दिलदिमागको संयोजन गरी समाधिका ओच्छ्यानमा लामो समय अध्ययन लेखनतिर पसारा परेपछिमात्र एउटा कवि, कवि हुन्थ्यो । समालोचक, समालोचक हुन्थ्यो । साहित्यकार, साहित्यकार हुन्थ्यो । कथाकार, कथाकार र नाटककार, नाटककार हुन्थ्यो । लामो समयको वस्तादी कसरतले मात्र, अनुशासनको अङ्कुशमा पेलिएपछि मात्र एउटा गायक, गायक र सङ्गीतकार, सङ्गीतकार हुन्थ्यो । अहिले सम्पति महँगो छ भने साहित्य एकदमै सस्तो ।
सच्चा साहित्यकारको उदयस्थल एकदमै साँघुरो, पेचिलो र हलेसीको महादेव गुफाजस्तो छ भने नेताहरूको उद्रगमस्थल रारा फेवाको मक्खनजस्तो वा भिरको खरखरुकीजस्तो जहाँ मौसम आयो कि भुरुरुरु । अक्वा पानी गिलासमा हाल्दै गरेको पनि रातारात नेता जो सायद उसलाई नै थाहा नहुन सक्छ । बोल्न नजानेर पर्दाभित्र मुख लुकाउनेहरू सिंहदरबार जलाउने सङ्केतमा खरानी हुन नपाउँदै प्रधानमन्त्री । कर्म कायरका झोली भिरेर असमर्थताका लामा कपाल पाल्दै कानमा कुण्डली र नाकमा मुन्द्रा झुन्ड्याउँदै ड्रग्सको चोरीपैठारीमा छुप्नेहरू कोर्ड/डिस्कोर्डभित्र जटा हल्लाएपछि सानदार विजयका पगरी गुत्नेहरूलाई के थाहा एउटा जनभक्त सच्चा नेता बन्न साङ्गठनिक अनुशासन र जनअन्तरक्रियात्मक शिखर कति अग्लो हुनु अनिवार्य आवश्यकता छ भन्ने कुरा ।
डिस्कोर्डले बनाएका नेता कुर्सीमा बस्नासाथ काला टोपी लगाएर प्रतिशोधको बारुदी सुरुङ् बलेको दृश्य पनि भोलिको रागेपाटे ऐनाका रूपमा अहिले नै देखिसकियो छर्लङ्ग जो हाम्रा सामु, विश्वसामु टड्कारो छँदै छ । फिजीको प्रधानमन्त्रीजस्तो वा तनावले आत्महत्याका लागि पछाडि सर्दै गरेको रोबोर्टजस्तो । अहिले विश्वका हरक्षेत्रहरू इरानका रियालजस्तै भएका छन् । दार्शनिकमा दर्शन छैन पटक्कै । पत्रकारितामा पत्रकार छैन एकदमै । कविमा फूलबारी छैन वा कवित्व रित्तो तावा तातेजस्तो छ तात्तातो आक्रोश । नेतामा नेतृत्व छैनमात्र भेडाभिड जुलुस बनेर निस्केका छन् भुरुर्र । सायद पोष्ट मोडालिजमको सच्चा परिभाषा यही हुनसक्छ नहुनुमा हुनुको हुङ्कार । कसैमा केही नभएर पनि सबैथोक भएको अहंको पहाड अग्लिनु ।
नेपाली साहित्यकै कुरा गर्ने हो भने सबैथोक आफूमै भएका बेला आफूसँग कसैले केही पनि नभएको आफैँ उद्घोषण गर्थे । अपवादलाई छाडेर केही नभएको अहिलेको बेला हरेक केही नहुने र नभएका मान्छे सर्वस्व भएको हुङ्कारमा छन् । नेताका अनुहार हेरौँ र आवाज सुनौँ । साहित्यकारका अक्षर हेरौँ र गोली बनेका चामत्कारिक बोली सुनौँ । मानवाधिकारवादीका पहिरनका स्वरूप हेरौँ र तिनका कार्य गराइका रेखा कोरौँ । सबै गराइ शून्य आवाज र अनुहार भव्य । ऊ नै सबैका आँखामा देखिन्छ नभएका आँखामा । देखिएका तर नभएका आँखा नै आजका नेता विजेता नेता हुन् । आजका विजेता पत्रकारका जमातका जाम हुन् ।
नेपाली भाषा साहित्यको जन्म वीरकालबाट भएको हो जहाँ पृथ्वीनारायण शाहका अपराधै हुन् तर भौगोलिक एकीकरणका खुँडा हल्लिएका थिए, विजय निम्ति छेलो हानिएका थिए, वाणहरू चलाइएका थिए, साँढेझैँ गर्जन गरिएका थिए । भावुक व्यक्तित्वहरूले तिनै बाह्य रूपलाई टपक्क टिपेर टुटेफुटेका शब्दसञ्जालमा जोड्ने काम गरे ।
आजका स्वार्थका भकारी, कामका धमिरा ढिस्का, जङ्गलका भेडाभिड साहित्यकारका छिचिमिराजस्ता भुइँफुट्टा जमातका जाम हुन् । अनुहार बिग्रेका अनपढ लग्भग निरक्षर नै भने पनि हुने समालोचकका सानका सिक्राहरू हुन् । केही नभई ‘छु’को दम्भमा फुल्ने यी भकारी भुसबाट आशा गर्ने समाज पनि त तिनै ससाना भुसका थैला हुन् । यस्तै पिपलबोटे पाखण्डको जमात खण्डखण्डमा विभजित भएर पाखण्डको अखण्ड उकालो उक्लेको रमितामा रमाउने यो समाजको आधार के हो ? र तह कुन् हो ? सायद यो सृष्टिको पनि एउटा परीक्षणात्मक सच्चाइ हुनसक्छ– नहुनेले पनि हुने वा भएको देखिनकै लागि ठाँट, ठगी, छल्छाम, हुङ्कार, अहङ्कार, आक्रोश र देखावटी स्वाङ्का खातमाथि खात जन्मेका । एउटा जाँडको पुङ्माङ् जसलाई अक्षरको अनुभव छैन, लेखनको शृङ्खला नै थाहा छैन, जीवन र जगत् के हो ?
सामान्य सतहको जानकारीसमेत सङ्केत गर्नै सक्दैन त्यस्ता पुङ्माङ्हरू पाँच लाख श्लोकका महाकाव्य लेखेँ भन्दै डङ्क पिटेर भट्टी भर्ने पैसा असुल्न उद्यत् हुन्छन् र भट्टीका स्वप्निल सम्राट् बन्न सफल हुन्छन्, छन् । एउटा हुल्लडबाज सदनमा नाङ्गो नाच नाच्ने बेशरम नेता सबभन्दा बढी जनप्रिय एवं लोकप्रियको माला लिएर विजयी बन्छ । अब भन्नोस् नेताको होइन जनताको स्तर कहाँ होला ? कस्तो होला ? अब समाजको मापन गर्ने केले ? एउटा गफाडी गल्लीमा आँखाले देखेका, जीवनले भोगेका थाङ्ने गीत गाएर जनप्रिय कवि बन्छ । फेरि भन्नोस् त्यहाँ र त्यस्तो समाजमा लोकप्रिय बनेर तपाईंको अस्मिताको स्तम्भ खडा हुन्छ कि ? असलको छिः छिः दुर्दुर भएर अस्तित्वको रसातल पाइला खस्नु हुन्छ ।
नेपाली भाषा साहित्यको जन्म वीरकालबाट भएको हो जहाँ पृथ्वीनारायण शाहका अपराधै हुन् तर भौगोलिक एकीकरणका खुँडा हल्लिएका थिए, विजय निम्ति छेलो हानिएका थिए, वाणहरू चलाइएका थिए, साँढेझैँ गर्जन गरिएका थिए । भावुक व्यक्तित्वहरूले तिनै बाह्य रूपलाई टपक्क टिपेर टुटेफुटेका शब्दसञ्जालमा जोड्ने काम गरे । दृश्यमा देखेर, कानले सुनेर वा प्रत्यक्ष भोगिएका अनुभवलाई व्यक्त गरिए । वीरताका भावात्मक झङ्कारहरू पोखिए । विजयोत्सवका मालाहरू गुँथिए । स्तुतिगानका चाङ्माथि चाङ्का चादर बिछ्याइए ।
त्यस बेला उनीहरूलाई थाहा थिएन आफू नेपाली भाषा र साहित्यको इतिहासमा स्वर्णाक्षरका शिरमा उभिइन्छ भन्ने कुरा । विनापाइनाका आशामा गरिएका कामहरू यसै पनि उपल्ला श्रेणीमा पर्दछन् । नेपाली साहित्यको वीरकालीन जग यसकै उपलब्धि हो । उनीहरू विनाआशा गर्थे र बन्थे । अहिलेकाहरू बन्नाका लागि गर्छन् र नै बन्दैनन् । फरक यत्ति हो । को अग्लो ? गरेर बन्ने कि बन्नका लागि गर्ने ? गरेर बन्नेका क्रममा पहिलोपटक देखा परे-इन्दिरस, सुवानन्द दास, शक्तिबल्लव, सुन्दरानन्द बाँणा आदि कविहरू जसमा छ जनाको सङ्ख्या देखापर्दछ अन्वेषकका अनुसार ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर