काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा (नासु) हेमबहादुर मनाङ्गीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार मनाङ्गीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी दुःख–हैरानी दिएको उजुरीपछि टोली खटिएको थियो।
उक्त टोलीले उनलाई सेवाग्राहीबाट रु. १५,००० घुस लिइसकेको अवस्थामा मिति २०८२ चैत २७ गते साँझ करिब ५:५४ बजे काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित वैदेशिक रोजगार विभागको परिसरभित्र रहेको अनुसन्धान तथा मुद्दा शाखा नजिकैबाट पक्राउ गरेको हो।
पक्राउका क्रममा उनको साथबाट घुस रकम रु. १५,००० सहित स्रोत नखुलेको रु. ७७,६०० गरी जम्मा रु. ९२,६०० नगद र तीन थान मोबाइल बरामद गरिएको आयोगले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि