काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो उत्रिएको टिप्पणी गर्नुभएको छ ।
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उहाँले आरोप लगाउनुभएको हो । सभामुखको सम्पती विवरणमाथि प्रश्न उठाउँदै उहाँले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पती कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जवाफ दिनुपर्ने बताउनु भयो ।
उहाँले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउनु भयो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उहाँले नयाँ तयार छन् की छैनन् ? भन्दै प्रश्न गर्नुभयो ।
पोखरेलले भन्नुभयो, ‘श्रमिकबाट मालिक बन्नु अपराध होइन, तर विदेशमा कमाएको भनिएको त्यो सम्पती कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? सभामुखजीले यसको जवाफ दिनुपर्छ । सुशासन अरूलाई तर्साउन होइन, आफैँले पालना गर्नका लागि हो। एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार छन्, के नयाँ भनिनेहरू तयार छन् ।’
कार्की आयोगलाई ’प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
२०८३ लाई ‘पुनर्जागरण वर्ष’ बनाउने एमाले महासचिवको उद्घोष
नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दृढता व्यक्त गर्नुभएको छ ।
उहाँले नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ को रूपमा मनाउने घोषणा गर्नुभएको हो । निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै उहाँले २०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन भएको स्मरण गराउनु भयो । पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै अब ‘मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘२०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन देखेका थिए, इतिहास फेरि दोहोरिनेछ । हामी यो निराशालाई संकल्पमा बदल्नेछौँ, संकल्पलाई आशामा बदल्नेछौँ । ८२ को पीडालाई ८३ को सफलताले धोइपखाली गर्नेछौँ ।’
पोखरेलले एमालेलाई समृद्ध नेपालको आकांक्षा पूरा गर्ने एक मात्र भरपर्दो शक्तिको रूपमा पुनर्स्थापित गर्ने संकल्प गर्नुभयो ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि