भोजपुर । भोजपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।
उत्तरपुस्तिकामा अश्लील शब्द तथा धम्कीपूर्ण र अमर्यादित भाषा प्रयोग गरेको पाइएपछि परीक्षा सञ्चालन समितिले उक्त निर्णय गरेको हो। समितिका अनुसार ती विद्यार्थीको सबै विषयको परीक्षा रद्द गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाई भोजपुरका अनुसार यस वर्ष एसइई परीक्षामा जिल्लाबाट कुल दुई हजार ८७१ जना परीक्षार्थी सहभागी भएका छन्।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि