काठमाडौं । निहाना श्रेष्ठले फिडे वर्ड स्कुल टिम चेस च्याम्पियनसिपअन्तर्गत एसियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रजत पदक जित्नुभएको छ । उहाँले सात खेलबाट ५.५ अंक जोड्दै आफ्नो व्यक्तिगत चौथो बोर्ड समूह स्पर्धामा रजत जित्नुभएको हो । पदक जित्ने क्रममा निहानाले अष्ट्रेलिया, भारत, हङकङ, उज्वेकिस्तान र सिंगापुरका खेलाडीमाथि सानदार जित निकाल्नुभएको थियो । उहाँले चीनविरुद्ध बराबरी तथा पाकिस्तानसँग एकमात्र हार बेहोर्नुभयो ।
यस प्रतियोगितामा नेपाली टोलीले भने मिश्रित खेल प्रस्तुत गरेका छन् । काजकिस्तानको अल्माटीमा सम्पन्न आठ चरणको टिम प्रतिस्पर्धामा नेपाली टोलीले तीन जित, एक बराबरी तथा चार खेलमा पराजित हुँदै सात अंक बनायो ।
नेपालबाट राष्ट्रिय विजेता मार्भलस इंग्लिस बोर्डिङ स्कुलका ब्रिजनन्दन दास, कृष्टि रिजाल, आकाशशरण कुँवर, निहाना श्रेष्ठ र सुहानी सिंहले सहभागिता जनाउनुभएको थियो । नेपाली टोलीको व्यवस्थापकमा नेपाल बुद्धिचाल महासंघका सदस्य निरञ्जन प्रजापती तथा प्रशिक्षकका रूपमा रिजेन्द्र राजभण्डारी हुनुहुन्थ्यो । एसिया, अफ्रिका, अमेरिका र युरोप गरी चार महादेशीय छनोट चरणपश्चात् प्रत्येक चरणका विजेता चार राष्ट्रिय टोलीले टोली डिसेम्बरमा ग्राण्ड फाइनलमा खेल्नेछन् । जसमा एसियाबाट उज्वेकिस्तानको विज्डम स्कुलले शीर्ष स्थान बनाएको छ ।
काजकिस्तान चेस फेडेरेसनसँगको दौंत्य सम्बन्धलाई बलियो बनाउन नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा आमन्त्रित डेलिगेट बनेर पुरस्कार वितरण एवं समापन कार्यक्रममा उपस्थित हुनुभएको थियो ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि