काठमाडौं । च्यारिटी गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि काम गर्दै आएको ‘सक्षमता विकास समाज नेपाल’ले आफ्नो वार्षिक कोष संकलन कार्यक्रमअन्तर्गत १०औँ ‘हामी सबै सक्षम छौं’ च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।
संस्थाले एक सूचना जारी गर्दै उक्त प्रतियोगिता २०८३ जेठ ९ गते शनिबार (मे २३, २०२६) का दिन काठमाडौंस्थित गोकर्ण गल्फ क्लबमा आयोजना हुने जानकारी दिएको हो । संस्थाको जनसम्पर्क तथा कोष विकास व्यवस्थापक निर्मला ज्ञवालीका अनुसार कार्यक्रममार्फत् संस्थाले अपांगता भएका व्यक्तिहरूको समावेशी शिक्षा, पुनर्स्थापना तथा जीविकोपार्जनको अवसर विस्तार गर्दै सशक्तीकरण अभियानलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।
संस्थाले गल्फ खेलाडीहरू, कर्पोरेट क्षेत्र, विकास साझेदार संस्था, शुभेच्छुक तथा सरोकारवालाहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेको निर्मलाले जानकारी दिनुभयो । संस्था २०१४ मा स्थापना भएदेखि नै सक्षमता विकास समाज नेपालले विपन्न बालबालिका तथा अपांगता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न शिक्षा, सीप विकास, दिगो जीविकोपार्जन तथा सामाजिक समावेशीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।
यस वर्षको प्रतियोगिताले जैविक खेती, व्यावसायिक तालिमजस्ता सीपमार्फत् अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवनयापनतर्फ अग्रसर गराउने लक्ष्य राखेको निर्मलाले जानकारी गराउनुभयो ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि