काठमाडौं । राष्ट्रिय खो खो प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले पुरुष र महिला समूह दुवैतर्फ विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित कभर्डहलमा आयोजित आठौँ पुरुष र सातौँ महिला प्रतियोगितामा नेपाल आर्मीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेसँगै विजयी सुरुवात गरेका हुन् । पुरुषतर्फ बागमती प्रदेशविरुद्ध आर्मीले २८ अंक प्राप्त गरेको छ । बागमतीले भने जम्मा सात अंक बटुल्न सक्यो ।
यस्तै, महिलातर्फ आर्मी समूहले ४२ अंकको फराकिलो अन्तरले कोशी प्रदेशलाई पराजित गर्यो । कोशीले भने एक अंक पनि जोड्न सकेन । यसअघि पुरुषतर्फ कोशी प्रदेशले २१ अंक प्राप्त गरी कर्णाली प्रदेशलाई हराएको थियो । कर्णालीले १९ अंक पाएको थियो ।
यस्तै, महिलातर्फ दुई अंक रहेको बागमती प्रदेशलाई लुम्बिनी प्रदेशले १० अंकले पराजित गरेको छ । चार दिनसम्म चल्ने खेलमा पुरुष समूहमा आठवटा समूह र महिला समूहमा सातवटा समूहले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई मेडलसहित ७५ हजार, दोस्रोलाई मेडलसहित ५० हजार र तेस्रोलाई मेडलसहित २५ हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । यस्तै, बेष्ट चेसर र बेष्ट रनरलाई १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल खो खो संघका महासचिव शंकर महर्जनले जानकारी दिनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि