काठमाडौं । एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गर्नुभएको छ । सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई आठ-तीनले पराजित गर्दै एरिका फाइनलमा पुग्नुभएको हो । एरिकाले अब उपाधिका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग आज (आइतबार) खेल्नुहुने छ ।
यसअघि टर्किएमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिकाले फाइनलमा सोफियासँगै खेल्नुभएको थियो । त्यसबेला एरिका पराजित हुनुभएको थियो ।
क्वाटरफाइनलमा एरिकाले स्लोभाकियाकी मारिया जिबरेत जालालाई आठ-शुन्यले पराजित गर्नुभएको थियो । त्यसअघि समूह चरणमा एरिकाले लगातार तीन खेल जित्नुभएको थियो ।
मोन्टेनेग्रोकी जोमाना डामजानोभिचलाई दुई-शुन्यले पराजित गर्दा दोस्रो खेलमा डब्लुकेएफकी मारिया मालाखाभालाई सेन्युको आधारमा पराजित गनुभयो । मारियासँग एक-एक को बराबरीपछि एरिका सेन्सुको आधारमा विजयी हुनुभएको थियो । तेस्रो खेलमा जर्मनीकी जोहान्ना कानिरलाई दुई–एकले पराजित गर्नुभएको थियो ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि