काठमाडौं । प्रकाश दुतराज र मेलिना राईको स्वरमा रहेको गीत ‘मनमाया’ सार्वजनिक गरिएको छ । प्रकाशले चर्चित ब्याण्ड कुटुम्बसँग सहकार्य गरेर गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको हो । लोक-फ्युजन शैलीको गीतको भिडियोमा प्रेम कथासँगै नेवाः संस्कृति र ऐतिहासिक सांगीतिक झल्कोलाई समेटिएको छ ।
‘यो गीतमा देखाइएको केही दृश्यहरू, भेषभूषाहरू ऐतिहासिक सम्पदा र सभ्यताका निर्माता तथा परापूर्व कालदेखि नेपाली माटो, कला संस्कृतिहरूमा योगदान पुर्याउँदै आएका नेवाः संस्कृति तथा समुदायसँग आधारित छन्,’ प्रकाशले भन्नुभएको छ ।
प्रकाशसकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन सुदीप सागरले गर्नुभएको छ । कुटुम्बले लोक वाद्यवादनमा सहकार्य गरेको छ । कुटुम्ब समूहका राजु महर्जन, रूबिनकुमार श्रेष्ठ र किरण महर्जनले वाद्यवादनमा सघाउनुभएको छ ।
गीतको भिडियोमा प्रकाशसहित मोडल प्रशंशा रायमाझीको अभिनय छ । नवीन घर्तीमगरको निर्देशनमा बनेको भिडियोमा मुकेश नेपालीको कोरियोग्राफी छ । अनिल के.मानन्धरको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक नवीनले नै गर्नुभएको हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि