काठमाडौं । ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासको उद्देश्यले आयोजित ‘न्युलुक ब्युटी फर लाइफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन-८ को ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा धादिङकी चादनी श्रेष्ठले १९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ ।
विजेता श्रेष्ठले नगद २५ हजार रुपैयाँसहित शीर्ष उपाधि हात पार्नुभयो । साथै उहाँले वेष्ट हेयर स्टाइलिष्ट, पब्लिक च्वाइस र मल्टिमिडिया अवार्डसमेत जित्नुभयो ।
नाचघरमा सम्पन्न समारोहमा खोटाङकी हीरा राई फष्ट रनरअप घोषित हुनुभएको थियो । उहाँले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो भने भिवर्स च्वाइस र वेष्ट आइल्यासेस टेक्निसियन अवार्ड पनि हात पार्नुभयो । संगीता राई वेष्ट स्क्रिन अवार्डसहित सेकेण्ड रनरअप हुनुभयो । उहाँले दश हजार रुपैयाँ तथा क्राउन प्राप्त गर्नुभयो ।
रोज ब्युटी एकेडेमी र बिलक्षण क्रियसन प्रालिद्वारा आयोजित प्रतियोगितामा अनिता गुरुङ मोष्ट डिसिप्लेन अवार्डसहित थर्ड रनरअप बन्नुभयो । स्वस्तिका अधिकारी विष्टले वेष्ट आई अवार्डसहित म्यानेजमेन्ट च्वाइस अवार्ड जित्नुभयो भने अश्विना सिंहले वेष्ट स्टाइलिष्ट अवार्डसहित अर्गनाइजर च्वाइस अवार्ड प्राप्त गर्नुभयो ।
त्यस्तै, रेश्मा केसी (वेष्ट ड्रेस, मोष्ट इनोसेन्ट), मिना मोक्तान (मोस्ट ब्युटिफुल), सलिना थापा (वेष्ट फिगर), सम्झना लिम्बु (मोष्ट फोटोजेनिक), रेखा लामिछाने (मोष्ट बब्ली), राधा चौधरी (वेष्ट मेकअप) र रविना तामाङ (मोष्ट ट्यालेन्ट)लगायतले विभिन्न अवार्ड प्राप्त गर्नुभएको थियो । साथै, रेणुका कुमारी चौधरी, गौरी कार्की, चन्द्रा ताम्राकार, अञ्जु तुलाधर श्रेष्ठ, इशारा गुरुङ र सरस्वती आचार्य गौतमले पनि विविध विधामा सम्मान हासिल गर्नुभयो ।
कार्यक्रमको निर्णायक मण्डलमा गायिका देविका बन्दना, अभिनेता श्रीदेव भट्टराई, पशुपति जोशी, गोमा अधिकारी धिताल, सीता श्रेष्ठ, मञ्जु सापकोटा र ज्ञानु श्रेष्ठ रहनुभएको थियो । वेष्ट ड्रेसतर्फ गोमा अधिकारी र मितु अधिकारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
जयन सुब्बा मानन्धरको कोरियोग्राफी तथा कृष्ण रसालको नृत्य संयोजन रहेको कार्यक्रमको निर्देशन सरिता भारतीले गर्नुभएको थियो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बास्कोटाले उद्घाटन गर्दै यस्ता प्रतियोगिताले ब्युटिसियनहरूको प्रोत्साहनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
आयोजक रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारञ्जितले स्वागत मन्तव्य व्यक्त गर्दै ब्युटिसियनहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विलक्षण क्रियसन प्रालिका अध्यक्ष डब्बु क्षत्रीले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले ब्युटिसियनहरूलाई अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो ।
समारोहमा सारिका घिमिरे, रमेश पाठक, नारायण थापा, ओम सुनार, सविना सुवेदीलगायत गायक गायिकाले सांगीतिक प्रस्तुति दिएका थिए भने ३६० डिग्री डान्स स्टुडियोका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि