काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठनलगत्तै गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा गहुँ र धानको मूल्य क्रमशः तीन हजार नौ सय ४५ रुपैयाँ प्रतिक्विटल र दुई हजार आठ सय ५६ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । उक्त मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो ।
१८ प्रतिशतभन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल एक केजी दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ । गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ आठ पैसाले बढेको हो ।
गत आर्थिक वर्ष गहुँको मूल्य तीन हजार आठ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धानको दुई हजार आठ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल थियो । सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि