काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा रविन सिजापती नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष सिजापतीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्यको गत चैत ९ गते असामयिक निधनपछि रिक्त पदमा सिजापतीलाई चयन गरिएको हो ।
संस्थाका अनुसार चैत २४ गते बसेको सञ्चालक समितिको २०१औँ बैठकले सिजापतीलाई अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो । शपथ समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार स्थापनाको १२औँ वर्षमा आइपुग्दा नेसनल लघुवित्तले ७४ जिल्लाका एक सय ८५ शाखा कार्यालयमार्फत् करिब दुई लाख ६० हजार विपन्न सदस्यलाई सेवा प्रदान गरिरहेको छ ।
हाल संस्थाको कुल लगानीमा २७ अर्ब रुपैयाँभन्दा बढी कर्जा, छ अर्ब रुपैयाँभन्दा बढी बचत संकलन तथा करिब नौ सय जना कर्मचारी संख्या रहेको छ । नवनियुक्त अध्यक्ष सिजापतीले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका नीति तथा निर्देशन कार्यान्वयनलाई आगामी दिनमा थप प्रभावकारी र कडाइसाथ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो भने राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले संस्थाका विभिन्न सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि