काठमाडौं । जेन-जी आन्दोलनका क्रममा पूर्ण क्षति भएको भाटभटेनी सुपरमार्केटको भरतपुर शाखा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीलाई पुनर्निर्माण गरी शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ग्राहकको सेवाका लागि भाटभटेनी सञ्चालनमा ल्याइएको बताउनुभएको छ । उहाँका अनुसार भरतपुर शाखामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
भाटभटेनीलाई पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन सात महिना लागेको बताइएको छ । भाटभटेनीका देशैभर ३३ शाखामध्ये जेन-जी आन्दोलनमा १२ वटा जलेर पूर्ण नष्ट भएका थिए भने १६ शाखामा लुटपाट भएको थियो । जसबाट १६ अर्ब क्षति भएको गुरुङले बताउनुभएको छ । क्षतिमध्ये बीमाबाट दुर्ई अर्ब तीन करोड रुपैयाँ क्षतिपूर्ति पाएको र सरकारले बाहिरी देशबाट आयात हुने सामानको भन्सार शुल्कमा ५० प्रतिशतभन्दा बढी छुट दिएको गुरुङले बताउनुभएको छ ।
भरतपुरसँगै काठमाडौंको कोटेश्वर, महाराजगञ्ज र बालुवाटारको वेयर हाउस गरी चारवटा शाखा पुनः सञ्चालनमा आइसकेका छन् भने आठवटा शाखाको पुनर्निर्माण कार्य भइरहेको बताइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि